नयाँ सरकार गठनबारे सत्तारुढ गठबन्धनको बैठक जारी

लोकपथ
13
Shares

काठमाडौं । नयाँ सरकार गठनबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलका नेताहरू सहभागी रहेका छन् ।

बैठक केही बेरअघि सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले बताए । गठबन्धनका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । आआफ्नै दाबीले छलफल निष्कर्षमा नपुग्दा पुनः दलहरु सहमतिको कसरतमा जुटेका हुन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको पहिलो समयसीमा आइतबार साँझ ५ बजे सकिँदैछ । सो अगाबै शक्ति बाँडफाँटका विषय टुंग्याउन गठबन्धनको बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?