गठबन्धन दलको बैठक अपरान्ह ४ बजे बस्दै

लोकपथ
65
Shares

काठमाडौं । नयाँ सरकार गठनबारे छलफलका गर्न सत्ता गठबन्धन दलको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । शनिबार अपरान्ह ४ बजे बैठक बस्न लागेको कांग्रेस प्रवक्ता महतले बताए ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको एक साताको समय सकिनै लाग्दा सत्ता गठबन्धन दलहरुबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने सहमति हुन सकेको छैन । सरकारको नेतृत्वका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले दाबी गरेका छन् ।

गठबन्धन दलका नेताहरूबीच यसअघि विभिन्न चरणमा छलफल भएपनि निष्कर्षबिहीन भएपछि पुनः सहमतिको प्रयासमा दलहरु छन् । दलहरूबीच सरकार गठनका लागि शक्ति बाँडफाँडमा सहमति जुट्न नसकेको हो ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका महत्वपूर्ण पदहरुको गठबन्धन दलहरूबीच भागवण्डा मिल्न नसक्दा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?