‘डान्स प्लस’का फष्ट रनरअप सुजनको ‘ज्यानै बाजी भो’ बजारमा

लोकपथ
78
Shares

काठमाडौं । चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ अभिनित ‘ज्यानै बाजी भो’ बजारमा आएको छ । काठमाडौंको जोरपाटीस्थित शेनुर हाउसमा एक पत्रकार सम्मेलन गर्दै मोक्तान डिजिटलको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो ।

गायक एवम् संगीतकार प्रकाश तामाङ तितुङ र प्रयुशा तामाङको आवाजमा रहेको गीतलाई गीतकार कुमार स्याङ्बाले लेखेका हुन भने गीतमा प्रकाश तामाङ तितुङको संगीत र महाराज थापाको संगीत संयोजन रहेको छ ।

चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङको भिडियो डिरेक्सन र कोरियोग्राफी रहेको गीतमको पवन सुस्लिङले भिडियो छायांकन, सम्पादन र कलर गरेका हुन् ।

गीतमा डान्सर सुजनसँगै गीता ढुंगानाको नृत्य छ । करिब दुइबर्षको अन्तरालमा डान्सर सुजनले यो भिडियो निमार्ण गरेका हुन् ।

भिडियो :- 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?