‘प्रचण्ड’को प्रधानमन्त्री बन्ने चाहना पूरा हुँदैन : एमाले अध्यक्ष ओली

लोकपथ
156
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेरी प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन् ।

फेरी एकपटक प्रधानमन्त्री हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो । एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिवार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्कसमेत गरे ।

प्रधानमन्त्री हुने इच्छा दाहालले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस सम्भावनालाई समयले नै समाप्त पारि दिएको ओलीले बताए । उनले अरुले पनि समयमा कदम नचाले देश फेरीपनि मध्यावधि निर्वाचनतर्फ धकेलिन सम्भावना समेत औंल्याए ।

अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको श्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेकोसमेत बताएका छन् । उनले एमालेलाई सिध्याउँछु भन्ने तत्वहरु आफैं समाप्त भएको जिकीर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?