कांग्रेसकै नेतृत्वमा नयाँ सरकार गठन गर्न देउवालाई दबाब

लोकपथ
52
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले नयाँ सरकार कांग्रेसकै नेतृत्वमा हुनुपर्ने भन्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई दबाब दिएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका सांसदहरुले जनतासँग मत माग्न जाँदा देशको नेतृत्व नेपाली कांग्रेसले नै गर्छ भनेर मत मागेको भन्दै जनतासँगको बाचा पूरा गर्नका लागि आगामी नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपर्नेमा जोड दिएको बताए ।

उनीहरुले नेपाली कांग्रेस वर्तमान अवस्थामा देशकै ठूलो राजनीतिक दल भएकाले गठबन्धन भित्र पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न जोड दिएको बताए । प्रधानमन्त्रीसँग भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसकी सांसद रमा पौडेलले अबको सरकार नेपाली कांग्रेसकै बन्नेमा विश्वस्त हुन आग्रह गरिन् ।

उनले गबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वको लागि भएकाले गठबन्धनमा आवद्ध दलहरुले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बताईन् । उनले गठबन्धनले भोलिको लागि भागबण्डा भन्दापनि तत्कालको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताएकी हुन् ।

सांसद पौडेलले नेपाली कांग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्ने भन्ने नरहेको भन्दै यी बाहेकका अन्य उपराष्ट्रपति सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, मुख्यमन्त्रीहरुको पदहरुमा गठबन्धनमा आवद्ध दलहरुसँग भागबण्डा हुने बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?