१३ चैत्र २०७९, सोमवार

यसकारण निस्किन्छ हाम्रो शरीरबाट काँडा (थाहा पाउनुहोस्)

२०७९,पुष,१६,शनिवार २०:००

180
Shares

काठमाडौं । मानिसलाई जाडो हुँदा , डर लाग्दा , खुसी तथा हर्षीत महशुस गर्दा शरीरमा ससाना विमिरा देखा पर्ने गर्दछन् । सोही विमिरालाई हामीले शरीरमा काँडा उठेको भन्दै आएका छौँ । शरीरमा काँडा उठेपनि यो के कारणले उठ्छ ? त्यो प्राय कमै व्यक्तीलाई मात्र थाहा होला ।

शरीरमा काडाँ उठ्नुमा ग्रन्थीको महत्वपूर्ण भूमिका रहेको पाइएको छ । एक अनुशन्धानका अनुसार मानिसको शरीरमा रहेको एड्रिनालिन ग्रन्थीका कारण जाडो हुँदा , डर लाग्दा , खुसी तथा हर्षीत महशुस गर्दा शरीरमा ससाना विमिरा देखा पर्ने गर्दछन् ।

उक्त कुराको खोज वेलायतका एक सोधकर्ता डाक्टर डेनियल निडिसले गरेका हुन् । उनका अनुसार जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीरमा काडा उठन थाल्छ । चिसो वा जाडोको बेला पनि काँडा उठ्छ । त्यस्तै बढी तनाव वा उत्साहित हुँदा पनि काँडा देखापर्छ ।

डाक्टर डेनियलको अनुशन्धानका आधारमा भनने हो भने मानिसको शरीर भित्र रहेको एड्रिनालिन ग्रन्थीबाट एड्रिनालिन नामक हर्मोन निस्कने र यसले रौँको फेदमा रहेका स–साना मांसपेशी खुम्च्याईदिन्छ । जसबाट रौँको फेदका छालाको तन्तुहरु ठाडो र कडारुपमा माथि उठ्छन् । त्यसैलाई नै हामीले काँडा उठेको भन्छौं ।

यस्तो काँडा मानिसमा मात्रै नभई जनावरमा पनि देखिने तर, उनीहरुको शरीरमा हुने रौले हामीले देख्न नसक्ने अनुशन्धानबाट पत्ता लागेको छ । जनावरहरुले खतराको महसुस गर्दा तत्काल काँडा उठाउने र आफ्ना दुस्मनलाई डर पैदा गर्ने प्रयास गर्छन् ।

जनावरहरुमा काँडा उठ्दा रौँको फेदमा रहेको हावाको तहले शरीर भित्रको तातोपन बाहिर जान नदिई शरीरलाई न्यानो राख्छ । तर मानिसमा जनावरमा जस्तो बाक्लो रौ नहुनाले काँडा उठेर पनि कुनै फाइदा नहुँने डेनियलले बताएका छन् ।

प्रकाशित मिति: २०७९,पुष,१६,शनिवार २०:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ

चितवन । तपाईको शरीरमा कतै सानोतिनो ट्यूमर त छैन ? समय समयमा शरीरका विभिन्न भागमा परीक्षण गर्ने गर्नुहोस् । अन्यथा

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६