काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दै आएपनि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने प्रचण्डको दाबीमाथि सकारात्मक देखिएका छैनन् ।
प्रधानमन्त्री पदमा प्रचण्डलाई सघाउने प्रतिबद्धता जनाउन सक्ने अवस्था नरहेको देउवाले बताए । शुक्रवार बालुवाटारमा भएको छलफलका क्रममा देउवाले आफूले नै पहिलो कार्यकाल नेतृत्व गर्न पाउनुपर्ने बताएको माओवादी निकट स्रोतले जनाएको छ ।
देउवाले पार्टीबाट धेरै प्रेसर आएको भन्दै आन्तरिक छलफल गरेरमात्रै निर्णय दिन सक्ने बताएको स्रोतको दाबी छ । निर्णायक भनिएको छलफलमा देउवाले यस्तो भनेपछि बैठक निष्कर्षविहीन टुंगिएको हो । स्रोतकाअनुसार चुनावअघि पहिलो चरणमा प्रधानमन्त्री प्रचण्डलाई बनाउने भनेर देउवाले सहमति जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया