‘गुञ्जन’ को ट्रेलरमा देखियो सारा र प्रितमको प्रेम

लोकपथ
26
Shares

काठमाडौं । प्रेममा आधारित कथानक फिल्म ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ । पुस २९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलर शुक्रवार ओएसआर डिजिटलमार्फत दर्शक माझ ल्याइएको हो ।

पौने दुई मिनेट लामो ट्रेलरमा माया प्रेमका कुराका साथै सम्बन्धमा आउने आरोहअबरोहलाई प्रस्तुत गरिएको छ । विगत दुई दशकदेखि द्वन्द्व निर्देशकका रुपमा आफ्नो पहिचान बनाएका अष्टमान महर्जनको डेब्यू निर्देशनमा बनेको फिल्मको ट्रेलरमा प्रमुख तीन कलाकार सारा सिर्पाली, कविर खड्का र डेब्यू अभिनेता प्रितमराज सेन्चुरीलाई स्टाइलिस रुपमा प्रस्तुत गरिएको छ ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सारा, प्रितमराज र कबिरका साथमा सरोज खनाल, हिउँवाला गौतम, ऋचा थापा,रोहन शाही, निरुता स्याङतान, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

महेश दवाडीले लेखेको फिल्म राजेश श्रेष्ठले खिचेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको सम्पादन बिपीन मल्लले गरेका हुन् । पोखरा, काठमाडौं र दुबईमा खिचिएको फिल्मको वितरण जीजीए ग्रुप र एफडी कम्पनीले गर्दैछ । फिल्मको केही समयअघि सार्वजनीक ‘सास चल्छ’ बोलको गीतले अहिले दर्शकको मन जितिरहेको छ ।

हेर्नुहोस् ट्रेलर :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?