न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न बनाउन जरुरी : गृहमन्त्री

लोकपथ
39
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न गराउन जरुरी रहेको बताएका छन् । शुक्रवार महान्यायाधिवक्ताको कार्यालयको ७२ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउका हुन् ।

उनले अपराध कार्यहरुमा नयाँ प्रविधिको प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गरेर अनुसन्धान र अभियोजनमा पनि नयाँ प्रविधिको प्रयोग हुन जरुरी रहेको बताए ।

उनले नयाँ किसिमको अनुसन्धान र अभियोजनका लागि संस्थाहरुलाई श्रोत, साधनयुक्त गराउन जरुरी रहेको पनि बताए । उनले महान्यायाधिवक्ता कार्यालयलाई आगामी दिनमा अझ बढी प्रभावकारी रुपमा संवैधानिक र कानूनि जिम्मेवारी बहन गर्नसक्ने व्यवसायिक र विशिष्टिकृत बनाउन निर्देशन दिए ।

गृहमन्त्री खाँणले आगामी दिनमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको बीचमा सुमधुर सम्बन्ध रहनुपर्ने बताए । उनले बार र बेन्च तथा स्वतन्त्र कानूनी व्यवसायी र सरकारी वकीलहरुको बीचमा पनि सद्भावपूर्ण वातावरण बनाउन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?