काठमाडौं । बालबालिकालाई रातो पहिरन लगाएर क्रिशमसमा प्रयोग नगर्नेबारे आवाज उठेको छ ।
यसअघि क्रिशमसमा रातो पहिरनसहित बालबालिकालाई प्रयोग गरिएकोमा नेपाल तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाहले त्यसो नगर्न चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै शाहीले काठमाडौं जिल्ला अन्तर्गतका सबै समितिहरुलाई त्यस्तो कार्य रोक्न आह्वान गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ काठमाडौं जिल्ला अन्तरगत सबै तरुण समितिका निकायहरुलाई आह्वान । यदि कुनै बिधालयहरुले आफ्नो लाला बालाहरुलाई रातो पहिरन लगाएर christmas मनाउन बाध्य बनाएको छ भनी तत्काल रोक्न र आफ्नो नानी बाबुहरुलाई सहभागी नगराउन अनुरोध गर्दछु ।म स्वयं येस्तो कार्य आफ्नो टोल छिमेकमा हुँदैछ भने रोक्ने प्रयास गर्छु तपाईहरुलाई पनि लाग्न अनुरोध गर्द्छु । ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया