प्रकृया पुरा गरेका सबैले पाए तामाकोशीको शेयर

काठमाडौं :  माथिल्लो तामाकोशी जलविधुत आयोजनाले निष्काशन गरेको आर्इपीओमा प्रकृया पुरा गरि अावेदन दिने सबैले शेयर प्राप्त गरेका छन् । बिक्री प्रबन्धक नागरिक लगानी कोषले हिजो मंगलबार तामाकोशीको शेयर बाँडफाँट गरिसकेको छ । 

तामाकोशीको अार्इपीअो भर्ने सबैले न्यूनतम ४० कित्ता शेयर प्राप्त गरेका हुन् । ३ लाख ३४ हजार ७५ जना योग्य अावेदकले न्यूनतम ४० कित्ता शेयर पाएका छन् । तर, दोहोरिएका ५७ सय अावेदकको अावेदन भने रद्द गरिएको छ । 

तामाकोशीले कात्तिक १५ गतेदेखि कूल पूँजीको १५५ हुने आउने १ अर्ब ५८ करोड रूपैयाँ बराबरको साधारण शेयर आबेदन खुला गरेको थियो । सर्वसाधारण लगानीकर्ताले ६ अर्ब ७० करोड ५८ लाख २८ हजार रूपैयाँबराबरको शेयरका लागि आवेदन दिएका थिए । ४.३७ गुणा बढी अावेदन परेपनि योग्य अावेदक सवैले तामाकोशीको शेयर पाएका हुन् । 

४० कित्ताका दरले शेयर बाँडफाँट गरेपछि बाँकी रहेको १ लाख ७२ हजार ७ सय ७५ कित्ता शेयर १ लाख ७२ हजार जना अावेदकलार्इ गोलाप्रथाबाट थप १० कित्ता प्रदान गरिएको बिक्री प्रबन्धकले जानकारी दियो ।

कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो । 

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?