विराटनगर : चालु अार्थिक बर्षको पहिलो चार महिनामा विराटनगर भन्सार कार्यालयले १३ अर्ब २१ करोड ११ लाख रूपैयाँ राजस्व उठाएको छ । गत अार्थिक बर्षको सोही अवधिमा यो भन्सार नाकाबाट जम्माजम्मी ८ अर्ब ८१ करोड २९ लाख रूपैयाँ राजस्व संकलन भएको थियो ।
अार्थिक बर्ष शुरू भएयता लागु गरिएको सन्दर्भ मूल्य सूची कार्यान्वयनमा कडार्इ गरिएपछि भन्सार राजस्व बृद्धि भएको हो । गत अार्थिक बर्षको पहिलो चाैमासिकमा भन्दा यो पटकको सोही अवधिमा १०३.५४% अर्थात ४ अर्ब ३९ करोड ८२ लाख रूपैयाँले भन्सार राजस्व संकलन बढेको हो ।
भन्सार महसुलतर्फ ५ अर्ब ४९ करोड २३ लाखको लक्ष्यमा ५ अर्ब ४२ करोड ६५ लाख, मूअकरतर्फ ५ अर्ब ४० करोड १० लाखको लक्ष्यमा ६ अर्ब ९० करोढ ९३ लाख र अन्तःशुल्कको १ अर्ब ८६ करोड ६२ लाखको लक्ष्यमा १ अर्ब ८२ करोड रुपैयाँ संकलन गरेको विराटनगर भन्सार कार्यालयले जानकारी दिएको छ ।
राजस्व संकलन गर्न सहज बनाएपनि सन्दर्भ मूल्यसूचीका कारण पैठारी भने गुणात्मक बृद्धि हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया