रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

लोकपथ
39
Shares

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदूरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । सो सम्मान कार्यक्रम पौषको पहिलो हप्ता धनगढीमा शुरु भई, लम्की, महेन्द्रनगर हुँदै नेपालगञ्ज पुगेर सम्पन्न भएको थियो ।

कार्यक्रमबारे कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेलले भने, “रिलायन्स साथीहरु कम्पनीका मेरुदण्डहरु हुन,उनीहरुले आफ्नो व्यावसायिक कार्यमा प्रदर्शन गर्नुभएको लगनशीलता, मेहनत तथा कार्यकुशलताको हामी हृदयबाटै प्रशंसा गर्दछौं । उनीहरुको अथक परिश्रमले गर्दा यस कम्पनीको व्यापार विस्तारमा टेवा पुगेको छ तसर्थ उनीहरुको योगदानको कदर तथा पहिचान गर्दै हामीले देशभर सम्मान तथा भेटघाट कार्यक्रम आयोजना गर्दै आएका छौँ र यसपाली सुदूरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मानका साथै उनीहरुको सर्वान्गिन विकासमा पनि सहयोग पुग्नेछ भन्ने हिसाबले प्रशिक्षण पनि प्रदान गरेका छौँ ।”

सो कार्यक्रममा कम्पनीका एक सय भन्दाबढी अभिकर्ताहरु ‘रिलायन्स साथी’ हरुलाई उत्कृष्ट व्यवसायिक प्रदर्शन गरिए वापत सम्मान गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सुर्य प्रकाश गुप्ता ,चिफ विजिनेश अफिसर सन्दिप कसजु तथा कम्पनीका स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?