लोकसेवा आयोगले सोध्नसक्ने सम्भावित तीस प्रश्नउत्तर

लोकपथ
767
Shares

काठमाडौं । संघीय निजामती सेवा, प्रदेश निजामती सेवा, स्थानीय तहसाथै संस्थानका विभिन्न तहका पदमा लोकसेवा आयोगले सोध्नसक्ने सम्भावित वस्तुगत प्रश्नहरु

१. नेपालको राष्ट्रिय खेल कुन हो ?
भलिबल

२. ईन्टरपोलको मुख्यालय कहाँ रहेको छ ?
फ्रान्सको लियोन

३. सन २०२४ मा ओलम्पिक खेलकुद कहाँ आयोजना हुदैछ ?
फ्रान्सको पेरिस

४. जनकपुरमा अवस्थित जानकी मन्दिर कुन शैलीमा निर्माण भएको छ?
राजपुत शैली वा मुगल शैली

५. विश्व मधुमेह दिवस कहिले मनाइन्छ ?
नोभेम्बर १४
६. राष्ट्रिय कर दिवस कहिले मनाइन्छ ?
मंसिर १
७. दराई जातिको मुख्य बसोबास कुन जिल्लामा रहेको छ?
तनहुँ
८. नेपाल प्रहरीले संयुक्त राष्ट्र संघीय मिसनमा कहिले देखि सहभागिता जनाउदै आएको छ?
बि.स.२०४८/११/२९

९. ऋषि सुनक बेलायतका कति औं प्रधानमन्त्री हुन् ?
५७ औं
१०.शताब्दी पुरुष सत्यमोहन जोशीको निधन कहिले भयोे ?
२०७९ असोज ३०

११. नवौं राष्ट्रिय खेलकुद कहिलेदेखि शुरु भएको थियो ?
२०७९ असोज २८ गतेदेखि कार्तिक ३

१२. नेपालको सविधान अनुसार युद्ध र प्रतिरक्षा सम्बन्धि बिषय कसको अधिकार क्षेत्र अन्तर्गत पर्दछ?
संघ

१३. नवौं राष्ट्रिय खेलकुदमा जम्मा कतिवटा खेल खेलिएको थियो ?
३६ वटा
१४. बशाणुगत सिद्धान्तको प्रतिपादन कसले गरेका हुन ?
जोन ग्रेगर मेण्डल

१५. नेवारी भाषाको पहिलो चलचित्र कुन हो ?
शिलु

१६. शकुन्तला कृतिका लेखक शम्भु प्रसाद ढुङंगेल हुन् भने शाकुन्तला कृतिका लेखक को हुन् ?
लक्ष्मी प्रसाद देवकोटा

१७. जोरपानि झरना कुन जिल्लामा पर्दछ ?
डोटी

१८. बिश्वको तेर्सो ठूलो महासागर कुन हो?
हिन्द

१९.  दरौदी नदिको उदगम स्थल कहाँ हो?
बुद्ध हिमाल

२०. राजतन्त्र भएको एक मात्र सार्क राष्ट्र कुन हो ?
भुटान

२१. “लेङपो पिक“ कुन हिमशृङ्खला अन्तर्गत पर्दछ ?
कन्चनजंघा

२२. लगानी र प्रकृतिको आधारमा उधोगलाई कति भागमा वर्गीकरण गरिएको छ ?
५ प्रकार

२३. संयुक्त राष्ट्र संघीय वातावरणिय कार्यक्रम(UNEP)को स्थापना कहिले भएको हो ?
सन १९७२

२४. मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी अनुदान सहायता सम्झौता प्रतिनिधि सभाबाट कहिले अनुमोदन भएको हो ?
वि.सं. २०७८ फागुन १५

२५.महाशक्ति राष्ट्र रुस र युक्रेनबीच युद्ध कहिले सुरु भएको हो ?
सन् २०२२ फेब्रुअरी २४

२६. नेपालमा योजनाबद्ध विकासको थालनी कहिले देखि भएको हो ?
वि .सं २०१३

२७ .नेपालमा सर्वप्रथम मुद्रा कसको पालादेखि चलेको हो ?

मानदेवको पालादेखि

२८. कुन प्रधानमन्त्रीको पालादेखि नेपालमा बजेट पेश गर्न थालिएको हो ?
मातृकाप्रसाद कोइराला

२९. नेपालमा स्थापना भएको पहिलो गैह्र सरकारी संस्था कुन हो?
कामधेनु चर्खा उद्योग

३०. Expect Amazing कुन खेल आयोजनासँग सम्बन्धित रहेको छ ?
फिफा विश्वकप २०२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?