तीनवटा एटीअार-७२ थप्न बुद्ध एअरले पायो अनुमति

काठमाडौं : नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो हवार्इ सेवाप्रदायक कम्पनी बुद्ध एअरलार्इ नेपाल नागरिक उड्ययन प्राधिकरणले तीनवटा एटीअार-७२ बिमान थप्न र्इजाजत दिएको छ । 

सन् २०१९ को फेब्रुअरी दोस्रो साता अर्थात अबको दुर्इ महिना भित्रमा बुद्धले क्यानेडियन कम्पनी बम्बार्डियर निर्मित दुर्इ नयाँ जहाज भित्र्याउनेछ । अर्को जहाज पनि असारसम्ममा ल्याउने कम्पनी स्रोतले जानकारी दियो । 

बुद्धले थप्न लागेका ३ वटै जहाजको वेस अब काठमाडाैं बाहिर हुनेछ । मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अत्याधिक चाप बढेपछि उड्ययन प्राधिकरणले बुद्धलार्इ थप्ने नयाँ जहाजको वेस काठमाडाैं बाहिर राख्नुपर्ने शर्त दिएको थियो । सोही सर्तअनुसार बुद्धले थप्ने २ वटा जहाजको वेस विराटनगर विमानस्थल र एउटा जहाजको वेस भैरहवामा राख्नेछ ।

बुद्धले ल्याउन लागेको एउटा जहाजको मूल्य करिब १ अर्ब रूपैयाँ पर्छ । नयाँ जहाज थपिएपछि सञ्चालन गर्न बुद्धले हाल कम्पनीमा कार्यरत ९ जना कोपार्इलटलार्इ अाउँदो जनवरीसम्ममा अपग्रेड गर्ने भएको छ । यस्तै, ६ जना नयाँ को-पार्इलट समेत नियुक्त गरिसकेको छ ।

नयाँ जहाज थपिएपछि बुद्धले बिराटनगर, पोखरा, नेपालगञ्ज, भैरहवालगायतका गन्तव्यमा थप उडान भर्ने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?