कर्णालीलाई लुम्बिनी भनेपछि राष्ट्रपतिले मागिन् माफी (भिडियोसहित)

लोकपथ
273
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघको साधारण सभा उदघाटन गर्न सुर्खेत पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले साधारणसभालाई सम्बोधनका क्रममा कर्णालीलाई लुम्बिनी प्रदेश भनेपछि माफी माग्नु परेको छ ।

राष्ट्रपति सबै औपचारिक कार्यक्रममा लिखित भाषण पढ्छिन् । उनले पढ्ने भाषण राष्ट्रपतिको कार्यालयले नै तयार गर्छ । उनले पोडियममा आएर पत्रकारलाई सम्बोधन गर्न लिखित भाषण पढ्न थालिन् । ‘लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्रीज्यू….’, उनले यति भनेपछि दर्शकदीर्घाबाट आवाज आयो, ‘लुम्बिनी होइन कर्णाली…’ त्यसपछि राष्ट्रपति भण्डारी केहिबेर रोकिन् अनि भनिन्, ‘यहाँ त लुम्बिनी नै लेखेको छ त…सरी है जे लेखेको त्यही पढ्ने बानी भयो, त्यही भएर मैले यहीँ पढेँ’, उनले यति भनेर फेरी सम्बोधनलाई निरन्तरता दिइन् ।

पत्रकार महासंघको साधारणसभामा नेकपा एमालेका महासचिव शंकर पोखरेल र कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पनि उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?