हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले राजीनामा दिएका छन् । हिजो संघीय सांसदको शपथ लिएका पाण्डेले आज हेटौँडा प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।
उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा पत्र बुझाएका हुन् । पाण्डे धादिङ १ बाट प्रतिनिधिसभा संसदमा निर्वाचित भएका छन् ।
बागमती प्रदेश सभामा नवनिर्वाचित जेष्ठ सदस्यको शपथ कार्यक्रम पौष १३ गते र बाँकी सदस्यको १४ गतेलाई तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया