बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ पुस १३ गते

लोकपथ
26
Shares

हेटौंडा । बागमती प्रदेशसभा सदस्यामा जनताबाट चुनिएका सदस्यमध्ये ज्येष्ठ सदस्यलाई पुस १३ गते पद तथा गोपनीयताको शपथ गराइने भएको छ । भने अन्य संसदलाई १४ गते गराइने भएको छ ।

प्रदेशसभाका जेष्ठसदस्य रामप्रसाद ढुंगानालाई  पुस १३ दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ कार्यक्रम रहेको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।

प्रदेश सभामा निर्वाचित बाँकि प्रदेश सभा सदस्यहरुको शपथ ग्रहणको कार्यक्रम पुस १४ गते दिउँसो २ बजे प्रदेश सभा सचिवालय हेटौंडामा राखिएको छ । बाँकि सांसदहरुलाई ज्येष्ठ सदस्य ढुंगानाले शपथ गराउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?