गच्छदारले माग्न थाले कांग्रेसको यो उच्च पद

विराटनगर ३ कात्तिक – उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले लोकतान्त्रिक फोरम र काँंग्रेसबीचको एकीकरणपछि सात वटै प्रदेशमा काँग्रेस लहर उत्पन्न भएको र पार्टी एकीकरणका क्रममा काँंग्रेससँग आफूलाई उपसभापति पद दिने समझदारी भएको जिकिर गरे | उनले फोरम लोकतान्त्रिकका कार्यकर्तालाई पनि केन्द्रदेखि वडासम्म सम्मनजनक ढंगले पद दिने सहमति भएको बताए । उनले मधेशको माग सर्वप्रथम आफूले उठाएको तथा आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्न संसद् अवरुद्धसमेत गरिएको स्मरण गर्दै आपूm सदैव मधेशको समस्या समाधान गर्न क्रियाशील रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?