राष्ट्र बैंकद्वारा मनीचेञ्जरको इजाजतपत्र तथा निरीक्षण नियमावलीमा संशोधन

लोकपथ
26
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मनी चेञ्जरको इजाजतपत्र तथा निरीक्षण नियमावलीमा संशोधन गरेको छ । राष्ट्र बैंकले शुक्रवार परिपत्र जारी गर्दे नेपाल राष्ट्र बैंंक विप्रेषण विनियमावली २०६७, नेपाल राष्ट्र बैंक मनी चेञ्जर इजाजतपत्र तथा विनियमावली २०७७, तथा नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा विनियमावली २०७७ लाई संशोधन गरेको हो । संशोधित विनियमावली यही पुस आठ गते शुक्रवारदेखि नै कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

सो अनुसार नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०६७ लाई संसोधन गरी विदेशी विनिमय कारोबारमा संलग्न हुने कम्पनीमा सञ्चालक हुनुको लागि प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभुमी देखिएको भए सजाय भुक्तानी गरेको पाँच बर्ष व्यतीत भईसकेको प्रमाण पेस गर्नुपर्ने छ । परिपत्र अनुसार प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभुमी देखिएको भए सजाय भुक्तान गरेको पाँच बर्ष व्यतीत भईसकेको सम्वन्धी प्रमाण समेत पेस गर्दछ, भनेर उल्लेख गर्नु पर्ने छ ।

यसैगरी, नेपाल राष्ट्र बैंक मनीचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ लाई पनि संशोधन गरी प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमी देखिएको भए सजाय भुक्तान गरेको पाँच बर्ष व्यतीत भईसकेको प्रमाण पत्र पेस गर्नु पर्ने छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ लाई पनि संशोधन गरी प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमी देखिएको भए सजाय भुक्तान गरेको पाँच बर्ष व्यतीत भईसकेको प्रमाणपत्र पेस गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?