काठमाडौं । कानुनविद् निहिता विश्वासले चार्ल्स शोभराजको रिहाइ राजनीतिक गुटबन्दीका कारण ढिला भएको बताएकी छन् । राजनीतिक दलहरूले विभिन्न अध्यादेशहरू ल्याएर आ–आफ्ना मान्छेहरूको मात्र रिहाइ गर्न खोजेकाले शोभराजको रिहाइमा कुर्नुपरेको उनले बताएकी छन् ।
मुटुको रोग लागेर निधन हुन सक्ने भएकाले सर्वोच्चले सबै कुरा बुझेरै सफाइ दिएको भन्दै उनले शोभराजलाई केन्द्रीय कारागारबाट सिधै फ्रान्स पठाउनू भन्ने आदेश भएको दाबी गरेकी छन् । उनले आज पत्रकारहरुसँग कुरा गर्दे यस्तो बताएकी हुन् ।
शोभराज शुक्रबार कारागारबाट मुक्त हुँदै छन् । केन्द्रीय कारागारमा रहेका उनलाई शुक्रबार कैद मुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया