काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले विदेशमा रहेका नेपालीलाई विदेशमा रहेका नेपालीलाई स्वदेशमा फर्काएर रोजगारी दिने बताएका छन् ।
उनले पहिलो चरण अन्तर्गत चितवनस्थित कार्यालयका लागि प्रमुख प्रशासकीय अधिकृत (सीईओ) को रुपमा काम गर्ने व्यक्तिको आवश्यक्ता परेको भन्दै इच्छुकले सम्पर्क गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता लामिछानेले आउने व्याक्तिलाई आफूले विमानस्थलमा स्वागत गर्न आतुर रहेको बताएका छन् ।
‘हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत सीईओ भएर विकास, सुशासन, व्यवस्थापनलगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुविधासहित म एयरपोर्टमा स्वागत गर्न तयार छु ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया