काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन आगामी पुस १३ गते हुने भएको छ । बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि निर्वाचन समितिले पुस १३ गतेका लागि निर्वाचनको मिति तोकेको हो ।
चन्द्र महर्जनको संयोजकत्वमा रहेको उक्त समितिले संसदीय दलको कार्यालय, हेटौंडा परिसरमा निर्वाचन गर्ने निर्णय गरेको छ । समितिले पुस १३ गते दिउसो २ बजेदेखि ३ बजेसम्मका लागि मतदानको समय तय गरको छ ।
संसदीय दलको नेता निर्वाचन सम्बन्धी कार्यक्रम अन्तर्गत पुस १२ गते दिउसो १ बजे मतदाता नामावली प्रकाशन गर्ने छ भने सोही दिन दिउसो २ बजेदेखि ३ बजेसम्म मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्याउने)को समय तोकेको छ ।
दावी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन पुस १२ गते दिउँसो ४ बजे प्रकाश गरिने कांग्रेस बागमती प्रदेशले जनाएको छ । त्यसैगरी पुस १३ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त (मनोनयन)को समय राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया