नेपाल पहिलो खेलमा आयोजक बंगलादेश पराजित

लोकपथ
377
Shares

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा जारी साभा भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
नेपाल आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो ।

पहिलो सेट २६–२४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५–२२ ले गुमाएको हो । नेपालले अन्तिम सेट २५–२१ ले गुमायो । बिहीवारदेखि सुरु भएको च्याम्पियनसिप ११ सम्म चल्नेछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार देशका यू–२३ भलिबल टोली सहभागी छन् ।

नेपालले च्याम्पियनसिपको दोस्रो खेलमा पुष ८ गते श्रीलंकासँग खेल्दा पुष ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?