काठमाडौं । विभिन क्षेत्रमा आवद्ध व्यक्तित्वहरुले आग्रह र पुर्वाग्रहबाट माथि उठेर राष्ट्रपति हुन लायक व्यक्तिको खोजी हुनुपर्ने भन्दै राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
साथै, उनीहरुले राजनीतिक दलहरूले राष्ट्रपति पदलाई भागबण्डाको विषय नबनाइ पदको गरिमा अक्षुण्ण राख्न र निहित स्वार्थबाट मुक्त हुन माग समेत गरेका छन् ।
अधिवक्ता आतिश कार्की,सञ्चारकर्मी आदित्यमान श्रेष्ठ, सामाजिक अभियान्ता उद्धवप्रसाद ढुङ्गाना, दन्तचिकित्सक तथा सामाजिक अभियन्ता डाक्टर उपमा कार्की, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी,सामाजिक अभियन्ता एवम् किट विज्ञ डाक्टर केशवचन्द्र शर्मालगायतले यस्तो माग गरेका हुन् ।
उनीहरुसँगै अवकाशप्राप्त सहायक रथी डाक्टर केशरबहादुर भण्डारी, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक किशोर लामा, वरिष्ठ चिकित्सक डाक्टर गौरी शंकरलाल दास, नदी विज्ञान विज्ञ डाक्टर जगतकुमार भुसाल, प्राध्यापक डाक्टर जर्नादन सुवेदी (मायामी युनिभर्सिटी योहायो, संयुक्त राज्य अमेरिका),सामाजिक अभियन्ता जयप्रकाश भुसाल, अधिवक्ता जानकी पाण्डे, वरिष्ठ सञ्चारकर्मी जीवराम भण्डारीलगायत ३४ जनाले बिहीवार सामुहिक अपिल जारी गर्दै यस्तो माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया