नयाँ सरकार गठनका बारेमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल

लोकपथ
130
Shares

काठमाडौं । नयाँ सरकार गठन र राजकीय पदहरुको भागबण्डा गर्नेबारेमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

बिहीबार संसदीय दलको नेता चुनिएलगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । कांग्रेसले बुधबार मात्र दलको नेतामा देउवालाई चुनेको थियो ।

दुई नेताले केहिबेर छलफल गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता पनि छलफलमा थपिएका छन् ।

नेताहरुबीच नयाँ सरकार गठन र शक्ति बाँडफाँट लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?