माओवादीले सरकार गठनपछि मात्रै उपनेता चयन गर्ने

लोकपथ
52
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको उपनेता सरकार गठन भएपछि मात्रै बनाउने भएको छ ।

संसदीय दलको नेतामा प्रचण्डलाई बनाउने समझदारी भएपनि उपनेता सरकार गठन भएपछि मात्रै चयन गर्ने उपमहासचिव मातृकाप्रसाद यादवले बताए । माओवादी पदाधिकारी बैठकले दलको नेतामा प्रचण्ड, प्रमुख सचेतकमा हितराज पाण्डेलाई बनाउने निर्णय गरेको यादवले बताए ।

अब बस्ने संसदीय दलको बैठकले दलको नेतामा प्रचण्ड र प्रमुख सचेतकमा पाण्डेलाई चयन गर्ने बताए ।  दलको उपनेतामा जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत र रेखा शर्माले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?