नेपाल इन्भेष्टमेन्ट बैंकको ३६ औँ बार्षिक साधारण सभा सम्पन्न

लोकपथ
13
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ३६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आज बिहिवार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभामार्फत बैंकले आर्थिक बर्ष २०७८/०७९ को खुद मुनाफा मध्येबाट आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशमा चार प्रतिशत बोनस सेयर र सात प्रतिशत नगद लाभांश रहेको छ । गत आर्थिक वर्षमा बैंकले छ अर्ब २८ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा तीन अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी १९ अर्ब तीन करोड रुपैयाँ पुगेको छ ।

बैंकको कुल निक्षेप अघिल्लो बर्ष एक खर्ब ७९ अर्ब ४० करोड रुपैयाँ रहेकोमा २०७८/०७९ एक खर्ब ८६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी कर्जा लगानीतर्फ अघिल्लो बर्ष एक खर्ब ६१ अर्ब ९१ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा एक खर्ब ६४ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने निर्णय साधारण सभाले पारित गरेको छ ।

स्तरीय बैंकिङ सेवा प्रदान गरेवापत बैंकले बेलायतको द फाईनान्सियल टाईम्सले प्रदान गर्ने बैंक अफ दि एयर अवार्ड छैटौं पटक २०२२ मा प्राप्त गर्न सफल भएको छ । साथै बैंकले अन्तराष्ट्रिय प्रकाशन युरोमनीले प्रदान गर्ने बैंक बैंक २०१८ र बेष्ट बैंक २०२१ को युरोमनी अवार्डहरु समेत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?