हाम्रो एजेण्डा पुरा गर्ने सहमति भए सरकारमा जान्छाैँ : रवि लामिछाने

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले आफूहरुको एजेण्डा पुरा हुने भएमा सरकारमा सहभागि हुनसक्ने प्रतिक्रिया दिएका छन् ।

बिहीबार शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले सो कुरा बताएका हुन् ।

‘कुनै दलहरुले हाम्रो एजेण्डा पुरा गर्ने सहमति गर्नुहुन्छ भने सरकारमा जान सकिन्छ,’ लामिछानेले भने ।

त्यसैगरी विभिन्न राजनीतिक दलहरुसँग छलफल भइरहेको समेत उनले बताए ।

त्यसैगरी आफूहरु सरकारमा नगए पनि जनताले दिएको म्याण्डेटलाई पूरा गर्ने बताए ।

आफ्नो नागरिकता र पासपोर्टका विषयमा सोधिएको प्रश्नमा उनले यो विषय न्यायालयमा रहेको भन्दै बोल्न मानेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?