सरकार गठबन्धनकै, प्रधानमन्त्रीबारे सल्लाह हुँदैछ : प्रचण्ड

लोकपथ
42
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेसरकार गठबन्धनकै बन्ने दाबी गरेका छन् ।

संघीय संसद भवनमा प्रतिनिधि सभा सदस्यको शपथ लिएपछि संवाददाताहरुसँग कुरा संक्षिप्त कुरा गर्दै प्रचण्डले सरकार गठन प्रक्रिया सहज रुपमा अघि बढ्ने पनि बताए ।

प्रधानमन्त्रीको पहिलो पालो कस्को भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा भने उनले, ‘सल्लाह हुँदैछ’ भन्ने प्रतिक्रिया दिए ।

गठबन्धन दलभित्र कांग्रेस र माओवादी दुबैले आफूले सत्ताको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?