राप्रपा सरकारमा जाँदैन, कांग्रेस–एमाले मिलेर सरकार बनाउन् : लिङ्देन

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नजाने प्रष्ट गरेका छन् ।

संघीय संसद् भवनमा शपथ ग्रहण गरेपछि संवाददाताहरुसँग उनले आफ्नो पार्टीलाई सरकारमा जाने जनादेश नभएकाले सरकारमा जानेबारे सोच्दै नसोचेको बताए ।

उनले कांग्रेस एमाले कसलाई सघाउने भन्ने प्रश्न नै नरहेको भन्दै आफ्नो पार्टीको धारणा कांग्रेस–एमालेको सरकार बनेर मुलुकलाई स्थिरता दिउन् भन्ने रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?