जनार्दन शर्माको दाबी: प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति रामचन्द्र पौडेल र माधव नेपाल मध्ये एक

लोकपथ
14
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एवं अर्थमन्त्री जनार्दन शर्माले पार्टीले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने दाबी गरेका छन् ।

शपथ ग्रहणका लागि संघीय संसद् भवन पुगेका अर्थमन्त्री शर्माले गठबन्धनले तोकेकै समयमा सरकार बनाउने र प्रधानमन्त्री प्रचण्ड नै हुने दाबी गरे । शर्माले राष्ट्रपति राजनीतिक व्यक्ति नै हुने भन्दै आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने पनि बताए ।

उनले पत्रकारसँग कुरा गर्दे भने, ”अबको प्रधानमन्त्री अध्यक्ष ज्यू नै हुनुहुन्छ, राष्ट्रपतिको टुङगो भने अझै लागको छैन् तर माधव नेपाल र रामचन्द्र पौडेल मध्ये एक जना हुनुहुन्छ ।”

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?