राप्रपा महामन्त्रीमा शरदराज पाठक मनोनीत

लोकपथ
26
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा शरदराज पाठक मनोनीत भएका छन् । राप्रपामा पाठकसहित ६ जना महामन्त्री भएका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र समूहबाट आज महामन्त्री र ४० केन्द्रीय सदस्य राप्रपामा थपिएका हुन् । पाठक विवेकशील साझाको प्रवक्ता थिए । मिश्रले विवेकशील साझा छाडेपछि पाठकले पनि छाडेका थिए ।

साथै सहमहामन्त्रीमा उज्वलकृष्ण श्रेष्ठ, अमृत पुडासैनी, हरिकृष्ण अधिकारी र सौरेन्द्रबहादुर शाह मनोनीत भएको राप्रपाले जनाएको छ ।

अब प्रदेश, जिल्ला र अन्य तहगत समायोजका काम सुरू हुने राप्रपाले जनाएको छ । मिश्र पक्षबाट आएका ३५ जना केन्द्रीय सदस्य भइसकेका छन् भने ५ जना मनोनीत हुन बाँकी छ । गत असोज १२ मा राप्रपा र मिश्र नेतृत्वमा रहेको समूहबीच एकता घोषणा भएको थियो । पार्टीले त्यसबेला १० दिनभित्र समायोजन गरिसक्ने भने पनि चुनावका कारण देखाएर ढिलाइ भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?