नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनियताको शपथ

लोकपथ
63
Shares

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

बिहीबार दिँउसो संघीय संसद भवन नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरुले शपथ ग्रहण गरेका हुन् ।

संसदका जेष्ठ सदस्य पशुपति शमशेर राणाले शपथ ग्रहण गराएका हुन् ।
न्वनिर्वाचित सांसदहरुलाई संसदको जेष्ठ सदस्यले शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था रहेको छ । जसअनुसार राणाले शुक्रबार नै राष्ट्रपति समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।

सांसदहरुले शपथ ग्रहणपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।

सांसदहरु राष्ट्रिय पोशाक लगाएका संसद भवन पुगेका थिए । भने कतिपय सांसदहरुले आफ्नै जातीय भेषभुषासहित उपस्थित भएका थिए । त्यसैगरी विभिन्न १४ वटा विभिन्न भाषामा शपथ ग्रहण गरिएको थियो ।

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानूनबमोजिम शपथ लिनुपर्ने व्यवस्था रहेको छ।

शपथ समारोहअघि सर्वदलीय बैठक बसेको थियो। बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि र स्वतन्त्र सांसद सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?