काठमाडौं । शपथ ग्रहणका लागि नवनिर्वाचित सांसदहरु संसद भवन पुग्ने क्रम जारी रहेको छ ।
बिहीबार दिउँसो १ बजे का लागि संघीय संसद भवन नयाँ बानेश्वरमा शपथ ग्रहणको समय तोकिएको छ ।
सो अनुसार नवनिर्वाचित सांसदहरु राष्ट्रिय पोशाकसहित संसद भवन पुगेका हुन् ।
नवनिर्वाचित सांसदहरुलाई प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाले शपथ ग्रहण गराउनेछन् ।
यसअघि राणाले बुधबार राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरि कार्यभार सम्हालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया