केरा : सही तरिकाले सेवन गरे फाइदाजनक, नत्र निम्त्याउछ विभिन्न रोग

लोकपथ
91
Shares

काठमाडौं । राम्रो र पौष्टिक आहार स्वास्थ्यको लागी लाभदायक हुन्छ । तर, गलत तरिकाले पौष्टिक आहारको सेवन गर्नु स्वास्थ्यका लागि निकै हानिकारक हुन सक्छ ।

केरा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तौल बढाउन वा शरीर निर्माण गर्न चाहने दुबला मानिसहरूले केराको सेवन गर्नुपर्छ। राम्रो व्यक्तित्व, टोन्ड शरीर र बलियो मांसपेशीका लागि केरा खान चिकित्सकहरुले सुझाव दिने गरेका छन् । शारीरिक तन्दुरुस्ती सन्तुलनका लागि पनि केरा लाभदायक हुन सक्छ।

केरामा धेरै गुणहरू पाइन्छ, जसले रोगहरूबाट पनि बचाउँछ। तर यदि तपाई आफ्नो शरीरलाई बलियो बनाउन केराको सेवन गर्दै हुनुहुन्छ भने त्यसलाई सही तरिकाले गर्नुहोस्, गलत तरिकाले केरा खाँदा यसले पनि शरीरमा प्रतिकूल असर पर्न सक्छ र स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

केराको उचित उपभोग कसरी गर्ने र केरा खाँदा के-कस्ता गल्तीहरू गर्नुहुँदैन भन्ने विषयमा जानकारी लियौँ :

केराको पौष्टिक गुण

दैनिक एउटा केराले धेरै रोगबाट बचाउन सक्ने विज्ञहरु बताउँछन् । केरामा भिटामिन ए, भिटामिन सी, म्याग्नेसियम, पोटासियम, भिटामिन बी६, थायामिन, रिबोफ्लेविन पाइन्छ। केरामा पानी, प्रोटिन, कार्बोहाइड्रेटको मात्रा पनि पाइन्छ ।

केरा खाँदा पेट छिट्टै भरिन्छ । यदि तपाईं बिहान केरा खाएपछि बाहिर निस्कनुभयो भने दिउँसोको खाजा नखाँदासम्म पेट भरिन्नछ । केराको सेवनले पाचन सम्बन्धी समस्या पनि हटाउँछ। केरामा पाइने स्टार्च पाचन प्रणालीका लागि राम्रो हुन्छ । यसबाट मुटुको समस्या पनि निको हुन्छ । केरामा पाइने फाइबर र स्टार्चले लामो समयसम्म पेट भरिराख्छ। जसका कारण भोक लाग्दैन र तौल नियन्त्रणमा रहन्छ ।

कब्जियत भएका व्यक्तिलाई हानिकारक

केराको सेवन कब्जियत भएका व्यक्तिलाई भने हानिकारक हो । कब्जियत भएका व्यक्तिले केराको सेवनलाई बन्द गर्नुपर्छ ।

सुगरका रोगी

सुगरका रोगीका लागि केराको सेवन हानिकारक हुन सक्छ । केरामा प्राकृतिक चिनी हुन्छ जसले रगतमा चिनीको मात्रा बढाउन सक्छ।

सुत्नुअघि केरा नखानुहोस्

केरा कहिल्यै पनि खाली पेटमा खानु हुँदैन । त्यस्तै, राति सुत्नुअघि पनि केरा नखानुहोस्। राति केरा खाँदा बिरामी हुन सकिन्छ । यसले रुघाखोकीको समस्या निम्त्याउन सक्छ । यसका साथै धेरै पेट भरिंदा अनिद्राको समस्या हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?