रवीन्द्र मिश्रसँग आएकालाई राप्रपाले दियो जिम्मेवारी

लोकपथ
104
Shares

काठमाडौं । राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुविकरण पक्षबीच भएको एकता अनुरूप राप्रपामा समाहित भएकाहरुलाई राप्रपाले जिम्मेवारी दिएको छ। मिश्रलाई यसअघि नै वरिष्ठ उपाध्यक्ष पद दिइएको छ । उनी राप्रपाबाट काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभाका उमेदवार समेत थिए । मिश्र नेपाली कांग्रेसका प्रकाशमान सिंहसंग झिनो मतले पराजित भएका हुन् ।

राप्रपाले मिश्र समुहबाट आएकालाई केन्द्रीय कार्य सम्पादन समितिमा समेत समावेश गरेको छ। समितिमा रवीन्द्र मिश्र, शरदराज पाठक, निरूपमा यादव, शोभा शाक्य, अनुपमान सैजु, कर्ण बहादुर शाही, नारायण कोइराला रहेका छन् । मिश्र समुहका शरदराज पाठकलाई महामन्त्री, उज्वलकृष्ण श्रेष्ठ र अमृत पुडासैनीलाई सह महामन्त्री एवं हरिकृष्ण अधिकारी, सौरेन्द्र बहादुर शाहलाई सहायक महामन्त्रीको जिम्मेवारी दिइएको छ।

यसैगरी केन्द्रीय सदस्यहरुमा अर्जुन प्रसाद खनाल, हरिप्रसाद गौतम, उद्दव प्रसाद भेटवाल, घनबहादुर शाह, चोकराज घिमिरे, जयप्रकाश गुरागाईं, दिपक प्रसाद उप्रेती, मधुसुदन केसी, रञ्जन कार्की, रोशन शिवाकोटी, लक्ष्मण राज सिटौला, सुशील देवकोटा, दिनेश भण्डारी, माधव भण्डारी, पशुपति पाण्डे, शान्ता गिरी, लक्ष्मी घिमिरे, वसन्ती ज्ञवाली, विना शाह, विपना शर्मा, सरस्वती पन्थी भुषाल, सुशीला अधिकारी के.सी, संगीता श्रेष्ठ, राजु वस्याल रहेका छन् । केन्द्रीय सदस्य लक्ष्मी घिमिरेलाई राप्रपाले समानुपातिक कोटाबाट बागमती प्रदेशसभाको सदस्य बनाएको छ।

‘हामीले यो निर्णय अलिक पहिल्यै गरेका थियौं, चुनावको चटारोका कारण सार्वजनिक गरिएको थिएन, उहाँहरु जिम्मेवारी अनुसार काम गर्ने र बैठकमा आउने गरिसक्नु भएको छू, राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भनेका छन्। राप्रपा र रवीन्द्र मिश्रको वृहत् ध्रुवीकरण पक्षधर समुहको एकता असोज १२ गते भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?