प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाद्वारा पदबहाली

लोकपथ
156
Shares

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर पदबहाली गरेका छन्।

ज्येष्ठ सदस्य राणाले बिहीबार प्रतिनिधिसभामा नचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । त्यसअघि उनले राष्ट्रपति निवासमा ज्येष्ठ सदस्य सभामुखको हैसियतमा पद तथा गोपनियताको शपथग्रहण गरेका थिए ।

पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै उनले देशको भलोका लागि सन्तुलित रुपमा निष्पक्ष भएर काम गर्ने बताए।

बहुदलीय प्रजातान्त्रिक संसदीय शासन व्यवस्थालाई अघि बढाउन अभिभावकका रुपमा भूमिका निर्वाह गर्न लागिपर्ने ज्येष्ठ सदस्य राणाले जानकारी गराए। उनले आजै शीतल निवासस्थित राष्ट्रपति कार्यालय पुगेर शपथ ग्रहण गरे।

प्रतिनिधिसभा बैठक सुरु भएर सभामुखको निर्वाचन नभएसम्म उनले सभाको कारबाही अघि बढाउनेछन् ।

सभामुखको निर्वाचन भएपछि ज्येष्ठ सदस्यको अवधि समाप्त हुनेछ । ज्येष्ठ सदस्य राणाले बिहीबार अपराह्न १२ः ५ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउन महासचिव भरत गौतमले तयार पारेको प्रस्तावमा स्वीकृति दिएर आजैदेखि कार्य आरम्भ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?