संसदका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले लिए शपथ

लोकपथ
21
Shares

काठमाडौं । राप्रपाका नेता एवं सांसद पशुपतिशमशेर जबराले पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रुपमा बुधबार जबराले शपथ लिएका हुन् । राप्रपाका पूर्वअध्यक्षसमेत रहेका जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यालयमा शपथ गराएकी हुन्  ।

संसद् सचिवालयका अनुसार नागरिकताको प्रमाणपत्रका आधारमा ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मंसिर २४ गते रहेको छ । यद्यपि, नागरिकता अनुसार नेपाल सामाजवादी पार्टीका सांसद महिन्द्रराय यादव जेठो रहेकामा कागजी उमेरमा जेठो भए पनि आफू कान्छो रहेको स्वघोषणा गर्दै उनले शपथ ग्रहण गराउन अस्वीकार गरेको सचिवालयले जनाएको छ ।

त्यसपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राणाको नागरिकता भिडाउँदा केसीभन्दा राणा १ महिना २६ दिनले जेठो रहेको पाइएको हो । केसीको जन्म विसं १९९८ माघ २० तथा राणाको जन्म १९९८ मंसिर २४ मा भएको थियो ।

प्रतिनिधिसभामा सभामुख र उपसभामुखको पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभा बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

सभामुखको चयन नहुँदासम्म प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ दिलाउनुका साथै बैठक सञ्चालन गर्ने अधिकार हुन्छ । सोही व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा अन्य सदस्यलाई भोलि विहीवार दिनको १ बजे शपथ गराउने कार्यक्रम संघीय संसद सचिवालयले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?