पिङ मच्चाउने प्रतियोगिता

लमजुङ, ३ कात्तिक – लमजुङको गाउँशहरमा लिंगेपिङ मच्चाउने प्रतियोगिता भएको छ ।परम्परागत लिङ्गेपिङ लोप हुँदै गइरहेका बेला संरक्षण र प्रर्वद्धनका लागि दोस्रो ठूलो पर्व तिहारको अवसरमा बेसीशहर नगरपालिका–३ गाउँशहरमा प्रतियोगिता आयोजना गरिएको हो । स्थानीय जनज्योति युवाक्लव, अमर गणेश बाबा समूह र गोदावरी आमा समूहको संयुक्त आयोजनामा लिङ्गेपिङ मच्चाउने प्रतियोगिता भएको हो ।आधुनिक संस्कृतिको प्रभाव भइरहेका बेला नयाँ पुस्ताका युवाहरुले परम्परागत संस्कृतिको संरक्षणका लागि यस्ता कार्यक्रम गर्नु सरहानीय भएको स्थानीय राजेश थापाले बताउनुभयो ।विभिन्न ठाँउबाट आएका २२ जना युवाहरुको सहभागिता रहेको प्रतियोगितामा स्थानीय सन्तोष नेपालीले २३ फिट उचाइसम्म मच्चाएर प्रथम भएका थिए । प्रतियोगितामा स्थानीय सन्देश हिमाली दोस्रो भएका थिए ।प्रतियोगिताका विजेतालाई प्रमाणपत्रसहित रु एक हजार र उपविजेतालाई रु पाँचसय पुरस्कार दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?