सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो

लोकपथ
117
Shares

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ८ सय रुपैयाँले उकालो लागेको छ । मङ्गलबार प्रतितोला १ लाख चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख एक हजार दुई सय रुपैयाँतोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख सात सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार नौ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा २५ रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार चार सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस एक हजार आठ सय १३ दशमलव चार अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?