सरकारमा सहभागि नहुने गगन थापाको घोषणा

लोकपथ
234
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  सरकारमा नजाने घोषणा गरेका छन् ।

निर्वाचन परिणामपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले यस्तो बताएका हुन् । उनले भने, ‘सरकारमा अरु साथीहरू जानुहुन्छ । म त फेरि संसदीय दलको नेता हुन कोसिस गर्छु । योभन्दा बाहेक सरकारमा जाने अहिले गर्नु हुन्न, म गर्दिनँ ।’

साथै कांग्रेसको संसदीय दलको चुनावमा पराजित भएका  थापाले विजयी उम्मेदवार शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

देउवालाई अघिल्लो कार्यकाल भन्दा पनि फरक ढङगले काम गर्न शुभकामना दिएका छन् । उनले चुनावी नतिजालाई स्वभाविक रुपमा लिने बताएका छन् ।

कुल ८९ मतमध्ये देउवाले ६४ मत प्राप्त गरेका छन् । यता अर्का महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गरेका छन् । आज बिहान सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा निर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?