गगनले पाएनन् आफ्नै समूहका सांसदको मत !

लोकपथ
26
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भएको प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् ।

बुधबार बिहान सम्पन्न मतदानमा सभापति शेरबहादुर देउवाले ६४ मत प्राप्त गरी विजयी हुँदा गगनले २५ मत मात्र ल्याएका छन् । दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो । संसदीय दलको नेताका लागि भएको निर्वाचनमका कुल ८९ सांसदले मतदान गरेका थिए ।

दलको नेतामा संस्थापन समूहका ५९ र शेखर समूहका ३० सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो । तर, आफ्नै पक्षको मतसमेत गगनले पाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?