कांग्रेस संसदीय दलको निर्वाचनमा देउवा विजयी, गगनले पाए २५ मत

लोकपथ
616
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

कुल ८९ मतमध्ये देउवाले ६४ मत प्राप्त गरेका छन् । यता अर्का महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गरेका छन् ।

आज बिहान सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा निर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?