गगनकै आँखा अघि देउवा पक्षका सांसदले खिचे मतपत्रको फोटो

लोकपथ
161
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको क्रममा गोप्य मतदानको फोटो खिचेको पाइएको छ ।

मतदानको क्रममा सिनियर नेताहरुको सहयोगमा सांसदहरुले तस्बिर खिचेको महामन्त्री समेत रहेका दलको नेताका उम्मेदवार गगनकुमार थापाले पुष्टि गरे ।

मतदानको क्रममा सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी सांसद आरजु राणाको सहयोगमा तस्बिर खिचिएको बताइएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले आफूले देख्दादेख्दै कराउँदा कराउँदै पनि सांसदहरुले तस्बिर खिचेको बताए ।

‘मैले बिहानै निर्वाचनमा मोबाइल लैजान नपाइने नियम बनाउन लगाएको थिए । निर्वाचन समितिले सांसदजस्तो मान्छेको मोबाइल राख्ने कुरा सम्मानजनक कुरा हुँदैन । पार्टीको आन्तरिक निर्वाचन हो के होला र भनेर हामीले त्यसलाई स्वीकार गर्यौँ ।’ उनले भने, ‘त्यहाँ देख्दादेख्दै भन्दाभन्दै, हेर्दाहेर्दै पार्टीको केही सिनियर नेताहरु छेउमा आएर बसिराख्नुभयो, कुरेको भनेर । मेरै आँखा अगाडि करिब १०–१२ जनाले भन्दाभन्दै बाहिर कराउँदा कराउँदै उहाँहरुले मोबाइल निकालेर त्यसको तस्बिर खिच्नुभयो ।’

पार्टीमा अन्तरपार्टी प्रतिष्पर्धा भएका बेला त्यसरी सांसदहरुले त्यस्तो हर्कत गर्नु दुख रहेको समेत बताए ।

त्यसैगरी खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्न समेत चुनौती दिएका छन् ।

‘त्यो चाँही पार्टीमा अन्तरपार्टी प्रष्तिष्पर्धा भइरहेको बेलामा त्यस्तो काम भयो । हुनत सांसद आफूले पनि बुझ्ने कुरा भयो । किन खिच्नुभयो ? मलाई कस कसले खिचेको सबै थाहा छ । कि खिचेको कुरालाई सामाजिक सञ्जालमा पोस्ट गर्नु पर्यो नि । खिचेको साथीलाई मेरो अनुरोध खिचेको सांसदले फोटो सामाजिक सञ्जालमा पोस्ट गरे भयो ।’ उनले भने ।

संसदीय दलको निर्वाचनका लागि बिहान ८ः४५ बजेबाट निर्वाचन शुरु भइ १० बजे मतदान सकिएको छ । प्रतिष्पर्धामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?