कांग्रेस संसदीय दल नेता चुनाव : प्रतीक्षा परिणामको

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा मतदान सकिएको छ । अब सबैको ध्यान परिणामतर्फ खिचिएको छ ।

सिंहदरबारस्थित निर्वाचन कार्यालयमा उपस्थित भएका सबै सांसदले मत हालिसकेका छन् ।

सुत्केरी भएर अस्पतालमा रहेकी एक सांसदलाई त्यही पुगेर मतदान गराइएकाले उनको मत आइपुग्ने बित्तिकै गणना थालिनेछ ।

सांसद माया राई सुत्केरी भएर संसदीय दलको कार्यालय सिंहदरबारमा उपस्थित हुन नसकेपछि निर्वाचन समितिका प्रतिनिधिहरू अस्पताल पुगेर मतदान गराएका हुन् । राई ओम अस्पतालमा छिन्

दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको प्रतिस्पर्धा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?