देउवा र गगनले गरे मतदान

लोकपथ
77
Shares

काठमाडाैं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान शुरु भएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा केहीबेरअघि मतदान शुरु भएको हो ।

पहिलो चरणमा दलका उम्मेदवारद्व सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले मतदान गरेका छन् । त्यसैगरी देउवाका प्रस्तावक समेत रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका सांसदहरुले मतदान गरेका छन् ।

बिहान ८ बजेबाट शुरु हुने भनिएको मतदान केही विवाद उत्पन्न भएपछि रोकिएको थियो ।

हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा नेपाली कांग्रेसले ८९ सिट जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?