कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान शुरु

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान शुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि केही ढिलो शुरु भएको हो ।

मतदान केन्द्रमा मोबाइल लैजान दिने/नदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो भएको हो । मतदान केन्द्र रहेको कांग्रेस संसदीय दलको कार्यालय परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मतदाता सूचीमा नाम भएका मतदातालाई मात्र कार्यालयभित्र प्रवेश दिइएको छ भने पत्रकारलाई पनि भित्र जान निषेध गरिएको छ ।

कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच सीधा प्रतिस्पर्धा छ । हिजो दुबै नेताले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रहेको मतदान केन्द्रमा आ–आफ्नो मनोनयन दर्ता गराएका थिए ।

संसदीय दलको नेता चयनका लागि कांग्रेसबाट प्रत्यक्ष र समानुपातिकमा निर्वाचित भएका सांसद मतदाता हुन्छन् । कांग्रेसमा ८९ जना सांसद छन् । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?