जसपाका सांसदहरुले मातृभाषामा सपथ लिने

लोकपथ
39
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा तर्फका सांसदहरुले मातृभाषामा सपथ लिने भएका छन् ।

जसअनुसार सांसद अशोक कुमार राईले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरीमा रञ्जु ठाकुरले मैथीली भाषामा सपथ लिने छन् भने राजकिशोर यादव, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, रेखा यादवले नेपाली भाषामा सपथ लिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?