गगन–विश्वप्रकाश–प्रदीपको ट्रोइका, कांग्रेसलाई कति फाइदा ?

नेपाली कांग्रेसको राजनीति गर्नेहरुका लागि सम्भवतः आज मंगलबारको दिन विशेष अर्थ राख्छ । बुधबार पुस ६ गते भोलि कांग्रेसले संसदीय दलको नेताका लागि निर्वाचन गर्दैछ । दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच सीधा प्रतिष्पर्धा हुँदैछ । मनोनयन दर्ताको समय दिउँसो २ बजेसम्म पार्टीका शीर्ष पोर्टफोलियोमा रहेका सभापति र महामन्त्री मात्रै उम्मेदवार हुनेछन् वा अर्को व्यक्ति पनि प्रतिष्पर्धामा उत्रने छन् भन्ने टुग्गो गर्न संस्थापन इतर पक्षका नेताहरुले झण्डै ४८ घण्टा परिश्रम गर्नुपर्‍याे ।

अन्ततः इतर पक्षबाट दलको नेतामा आकांक्षा राखेका १४ औं महाधिवेशनमा यस समूहका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले महामन्त्री थापालाई समर्थन गर्न राजी भएपछि प्रतिष्पर्धा दुई जनाका बीचमा आमने सामने बन्न पुगेको छ । संसदीय दलको गणित सरसर्दी हेर्दा थापाका पक्षमा देखिन्न । टिकट वितरणका समयमा नै दलको नेता बन्न अनुकूल हुने गरी आफ्नाहरुलाई बाँडेकाले बहुमत पुर्‍याउन देउवालाई गाह्रो देखिन्न ।

तर, हालै सम्पन्न निर्वाचनमा देशव्यापी रुपमा ठूला भनिएका पुराना दल कांग्रेस–एमाले–माओवादीमाथि मतदाताले सिकाएको सबक पार्टीभित्रको लोकतान्त्रीकरण र नयाँ नेतृत्वका लागि बाटो खोल्न भन्ने नै छ । देशैभर भर्खरै दर्ता गरिएको, नामैसम्म पनि राम्रोसँग नसुनिएको राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारहरुले तीसौं वर्षदेखि जरा गाडेर बसेका दलका नेताहरुलाई नराम्ररी धूलिसात बनाए ।

इतर पक्षबाट गगन आफै उम्मेदवार बन्न सक्छन् सक्दैनन् भन्ने आशंका बढेका बेला शर्माले लगातार गगनका पक्षमा लबिङ गरे । जब गगनले उम्मेदवारी पाउने निश्चित भयो, पौडेल पनि समर्थन गर्न पुगे । र, कांग्रेसी मतदाता र शुभचिन्तकहरुले चाहेझै एक पटक फेरि कांग्रेसको राजनीतिमा तीन नेताको ट्रोइका बन्ने अवस्था आएको छ ।

अझ त्यस अगाडी गरिएको स्थानीय निर्वाचनमा पनि शिक्षित मतदाता रहेको काठमाडौं महानगरसहित देशैभर स्वतन्त्र उम्मेदवार बनेकाहरुले दलहरुको सत्ता उखेलिदिए । जितको पगरी गुँथ्नेहरुले पनि झिनो मतले जित्नुपर्ने अवस्था आयो । यस्तोमा देशैभरबाट मतदाताहरुले आफूलाई परिवर्तनका पक्षमा उभ्याए । लामो समयदेखि उम्मेदवार बनेका, भ्रष्टाचारलगायतका अभियोगले डामिएका, सार्वजनिक नैतिकताको प्रश्नमा ढुलमुल देखिएकाहरु दण्डभागी बने । जितेर आएका सांसदहरुले पनि मतदातासमक्ष परिवर्तनका पक्षमा उभिने कसम बारम्बार खानुपर्‍याे ।

यस्तो पृष्ठभूमिमा कांग्रेसी सांसदहरुका लागि छनौटको विकल्पमा उभिएका छन्, तीसौं वर्षदेखि सत्ताको केन्द्रमा रहँदै पाँच/पाँच पटक प्रधानमन्त्रीको ताज पहिरिँदा पनि उल्लेख्य केही गर्न नसकेका बरु संसदीय राजनीतिमा विकृतीको कारक मानिएका शेरबहादुर देउवा । र अर्कातिर नौजवान, पछिल्लो परिवर्तनका आवाज, आफू प्रधानमन्त्री भए के गर्ने भन्ने प्रष्ट भिजन देखाएका र निराश राजनीतिमा पनि धेरै नेपालीले आशाको नजरले हेरेका गगन थापा ।

यी दुई बीचको प्रतिष्पर्धामा सांसदहरुले कसलाई मत दिनेछन् त्यसैले आगामी पाँच वर्ष संसदमा कांग्रेसलाई कसले नेतृत्व गर्नेछ भन्ने प्रष्ट हुनेछ । तर देशभरबाट चुनिएर आएका सांसदहरुमाथि भने आफ्ना क्षेत्रका मतदाता र जनताको चाहना बिर्सिएर निर्णय लिने छुट पक्कै छैन । यस निर्णयले कांग्रेसको आगामी दिनको राजनीतिक दिशा र दशा पनि तय गर्नेछ ।

गगन–विश्वप्रकाश–प्रदीपको ट्रोइका

गगनलाई संस्थापन इतर पक्षले सर्वसम्मत उम्मेदवार बनाउँदै गर्दा कांग्रेसको भावी अनुहार मानिएका तीन युवा एक ठाउँमा उभिए । जुन कांग्रेसको आन्तरिक निर्वाचनले दिएको महत्वपूर्ण र मूल सन्देश हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा युवा नेता प्रदीप पौडेल देउवालाई चुनौती दिने बिन्दूमा एकसाथ उभिनुका पछाडी ठूलो राजनीतिक सन्देश छ ।

यी तीनै जना कांग्रेसको गएको १४ औं महाधिवेशनमा तीन फरक समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । गगन शेखर समूहबाट उम्मेदवार बन्दा विश्वप्रकाश प्रकाशमान सिंह तथा प्रदीप कृष्ण सिटौलाको समर्थनमा देउवा टिमकै महामन्त्री उम्मेदवार बनेका थिए । धेरैको अपेक्षा त्यतिबेला पनि यी तीन युवा एकै ठाउँमा उभिउन् भन्ने थियो ।

कांग्रेसमा विकास भएको यो निर्णयले पार्टीभित्र जकडिएर रहेको सत्ता बार्गेनिङको परम्परागत गूटहरु बिसर्जित हुने अवस्था पनि आएको छ । आफूलाई देउवाविरुद्ध समूह नेता भन्दै देउवासँगै पार्टी र सत्ता राजनीतिमा लामो समयदेखि मोलमोलाई गर्दै पेट्टी लाभमा रमाइरहेका रामचन्द्र पौडेल फेरि देउवातिरै टासिन पुगेका छन् । राष्ट्रपति बनाइदिने देउवाको लालचमा पौडेल फेरि अर्को पटक नराम्ररी चुकेका मात्र छ्रैनन्, पार्टीमा उनले गर्ने गरेका आदर्शका भाषण थोत्रा ठहरिएका छन् ।

तर, परिस्थितिले देउवा शिविरमा रहेका शर्माले त्यहाँबाट टिकट नपाउँदा पौडेलले उछिट्याएका थिए । अन्तिम समयमा सिंहको समूहमा पुगेर उम्मेदवारी दिएका शर्मालाई थापाकै समर्थकहरुले साथ दिएर महामन्त्रीमा जिताएका थिए । त्यसयता, शर्मा र थापाको जोडी लगातार कसिलो बन्दै गएको थियो । गगनले निर्वाचन अगावै आफू संसदीय दलमा उम्मेदवार बन्ने घोषणा गर्दा शर्माले समर्थन गरेका थिए । दलको नेतामा के गर्ने भन्नेमा अन्तिमसम्म अनिर्णित पौडेललाई जिताउन थापा उनको निर्वाचन प्रचारमै ओर्लिएका थिए ।

यस्तोमा इतर पक्षबाट गगन आफै उम्मेदवार बन्न सक्छन् सक्दैनन् भन्ने आशंका बढेका बेला शर्माले लगातार गगनका पक्षमा लबिङ गरे । जब गगनले उम्मेदवारी पाउने निश्चित भयो, पौडेल पनि समर्थन गर्न पुगे । र, कांग्रेसी मतदाता र शुभचिन्तकहरुले चाहेझै एक पटक फेरि कांग्रेसको राजनीतिमा तीन नेताको ट्रोइका बन्ने अवस्था आएको छ ।

परम्परागत गूटहरुको बिसर्जन !

यो निर्णय लागू हुने अवस्था ल्याउन सबैभन्दा महत्वपूर्ण भूमिका गत महाधिवेशनमा पुस्तान्तरण र रुपान्तरणको नाराका साथ सभापतिको उम्मेदवार बनेका डा. शेखर कोइरालाको रह्यो । यद्यपि, उनले आउँदो १५ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्न पाउनुपर्ने शर्त राखेको सूचना चुहिएको छ । त्यो त समयले बताउला ।

तर, कांग्रेसमा विकास भएको यो निर्णयले पार्टीभित्र जकडिएर रहेको सत्ता बार्गेनिङको परम्परागत गूटहरु बिसर्जित हुने अवस्था पनि आएको छ । आफूलाई देउवाविरुद्ध समूह नेता भन्दै देउवासँगै पार्टी र सत्ता राजनीतिमा लामो समयदेखि मोलमोलाई गर्दै पेट्टी लाभमा रमाइरहेका रामचन्द्र पौडेल फेरि देउवातिरै टासिन पुगेका छन् । राष्ट्रपति बनाइदिने देउवाको लालचमा पौडेल फेरि अर्को पटक नराम्ररी चुकेका मात्र छ्रैनन्, पार्टीमा उनले गर्ने गरेका आदर्शका भाषण थोत्रा ठहरिएका छन् ।

गगनको उम्मेदवारी घोषणाले मात्रै पनि राजनीतिमा जुन सकारात्मक तरंग ल्याएको छ, यसलाई परिणाममा पुर्‍याउने दायित्व बाँकी सांसदको हुनेछ । अन्यथा, मौका पाउँदा पनि उचित निर्णय नलिएको भन्दै अहिले जिताएर पठाउने तिनै मतदाताको डण्डा आउने पाँच वर्षपछि टाउकोमा नबर्सिएला भन्न सकिन्न ।

अर्कातिर बाबुहरुको त्याग र बलिदानीको किस्सा बेचेर राजनीतिक दोकान चलाइरहेका शशांक कोइराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधिहरुको पनि असलियत खुट्टयाइदिएको छ । बरु अन्तिम समयमा गगनलाई सघाउन पुगेका प्रदीप भने कृष्ण सिटौलाको सल्लाहमै यो निर्णयमा पुगेको बताइएको छ । त्यसले सिटौलाको लिगेसी पनि यो ट्रोइकामा जोडिने प्रष्ट छ ।

यसले गर्दा अब केही नेताको लालच र सत्तालिप्साका लागि आफू र पार्टीको भविष्य दाउमा राख्नुपर्ने बाध्यताबाट अरुलाई पनि मुक्ति मिलेको छ । संस्थापनको नाममा दशकौंदेखि ‘गणेश प्रदक्षिणा’ गरेर लाभ कुम्ल्याइरहेकाहरुका निम्ति सती जानुपर्ने जरुरी संस्थापन भित्रकै भविष्य बोकेका नेता र सांसदहरुलाई छैन । उनीहरुले खुल्ला निर्णय लिन सक्नेछन् ।

८९ सदस्यीय कांग्रेस संसदीय दलको नेतामा चुनिन कम्तिमा ४५ मत ल्याउनुपर्नेछ । यो टिप्पणी लेख्ने बेलासम्म पनि देउवासँग त्यो संख्या सुरक्षित छ । निकट सूत्र भन्छ, संस्थापन इतरमा एक जना मात्र उम्मेदवार हुुँदा गगनसँग ३९ सांसद पुगेको छ । यसो हुँदा उनलाई जम्मा ६ मत नपुग्ने देखिन्छ । अब निर्णय ती सांसदले लिनुपर्नेछ, जसले जनतातिर हेरेर राजनीति गर्न चाहन्छन् ।

गगनको उम्मेदवारी घोषणाले मात्रै पनि राजनीतिमा जुन सकारात्मक तरंग ल्याएको छ, यसलाई परिणाममा पुर्‍याउने दायित्व बाँकी सांसदको हुनेछ । अन्यथा, मौका पाउँदा पनि उचित निर्णय नलिएको भन्दै अहिले जिताएर पठाउने तिनै मतदाताको डण्डा आउने पाँच वर्षपछि टाउकोमा नबर्सिएला भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?